रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेलाई बढुवाका लागि सिफारिस


काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बडुवा समितिका सदस्य–सचिव बसन्त बहादुर कुँवरले जानकारी गराएका छन् । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम ९४० अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top