काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





