पशुपतिको भेटी चोरीका आरोपित पाँच जना पुर्पक्षका लागि कारागार चलान


काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण थिए भने उनी काठमाडौं-६ बस्दै आएका थिए ।

यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरु भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा-८ बस्ने ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा-९ बस्ने ३५ वर्षीय कुमार दमाई परियार र पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं-८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि पक्राउ उनिहरुलाई पक्राउन गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका-चोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top