कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला : बालेन


काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् ।

३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ शाह भन्छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चैं त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौ महानगर पालिकाले गर्दैन ।’

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने उल्लेख गर्दै नगर प्रमुख शाहले हरेक नागरिकले चासो हुने हुँदा नगरसभा प्रत्यक्ष प्रसारण हुने गरेको बताए ।नगर सभाको आजको बैठकमा न्युरोडलाई ‘नो भेइकल जोन’ बनाउने छलफलको एजेण्डा थियो । त्यही एजेण्डामा असहमत कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेका हुन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top