आइपिएल २०२४ को फाइनल खेल आज : उपाधि दौडमा कोलकाता र हैदराबाद


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदै छ । उपाधि जित्न कोलकाता नाइट राइडर्स र सन्राइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । १७औँ संस्करणको एक खेल बाँकी रहँदा कोलकाताले हालसम्म दुईपटक र हैदराबादले एकपटक उपाधि हात पारेका छन् । श्रेयस ऐयरको कप्तानीको कोलकाता तेस्रो र अस्ट्रेलियन अलराउन्डर प्याट कमिन्सको कप्तानीमा हैदराबाद दोस्रोपटक उपाधि जित्ने योजनामा छन् । दुवै टोलीले विदेशी खेलाडीलाई प्राथमिकतामा राखेका छन् । दुई बीच पछिल्लो पाँच भेटमा कोलकाता बलियो देखिन्छ । हैदरावादले एक मात्रै खेल जित्दा कोलकाताको पक्षमा चार खेल गएको छ । खेलअघि दुवै टोलीले उपाधि जित्ने रणनीति तयार पारेका छन् ।

लिग चरणमा १४ मध्ये नौ खेल जितेर कोलकाताले २० अंक जोडेको थियो । शीर्ष स्थानमा रहेको कोलकाता र १७ अंकसहित दोस्रो स्थानमा रहेको हैदराबादले पहिलो क्वालिफायर खेलेका हुन् । कोलकाता ८ विकेटले विजयी हुँदै चौथोपटक फाइनलमा स्थान बनाएको हो । हैदाराबादले दोस्रो क्वालिफायरमा राजस्थानलाई रोयल्सलाई ३६ रनले हराउँदै तेस्रोपटक फाइनल स्थान सुरक्षित गरेको हो । हैदराबाद लगातार पछिल्लो तीन भेटमा व्यहोरेको हारको बदला लिने योजनामा छ ।

कोलकाता र हैदराबादबीचको हालसम्म आइपिएलमा २६ पटक भेट भएको छ । जसमा कोलकाता १७ र हैदराबाद नौपटक विजयी भएका छन् । पछिल्लो पाँच भेटमा कोलकाता बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चार जित कोलकाताको नाममा छ । हैदराबादले जम्मा एक खेल जितेको छ । पछिल्लो तीन भेटमा कोलकाताले लगातार जित निकलेको छ । २१ मेमा भएको खेलमा कोलकाता आठ विकेटले विजयी भएको छ । २३ मेमा कोलकाता चार रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो । हैदरावादले २०२३ अप्रिल १४ मा भएको भेटमा २३ रनको जित निकाल्यो । १४ मे २०२२ मा भएको खेलमा कोलकाता ५४ रनको जित निकाल्न सफल भएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top