प्रहरीलाई विचलित नहुन प्रधानमन्त्रीको सल्लाह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्ला दिएका छन् । विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन् ।

‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति नेपाल प्रहरी प्रतिबद्ध हुनुपर्नेछ’। आज प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको चर्चा गरे ।

तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको बताउँदै उनले कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए ।

दाहालले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड दिए  ।

शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनको लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गर्दै त्यसको पूर्तिका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका जानकारी दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top