उपनिर्वाचन : इलाममा प्रमुख दलका उम्मेदवारहरूले गरे मतदान


काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसकेका छन् । यस्तै, सोही केन्द्रबाट एमाले सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरिसकेको जानकारी दिएका छन् । उनले आफ्नै जन्मस्थान फाकफोकथुम गाउँपालिका-३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिला मतदान गरेको जानकारी दिए ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । इलाम-२ का प्रतिनिधि सभा सदस्य एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गराइएको हो । जहाँ उनकै छोरा सुहाङ उम्मेदवार छन् ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार इलाम-२ को चुनावी प्रतिस्पर्धामा छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top