काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित वर्षा र हिमपात हुने सम्भावना रहेको छ । आज बिहानैबाट लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ।
आइतबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै र बाँकी पहाडी भू-भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।






