कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम-२ को उपनिर्वाचनका लागि  डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ । विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन् ।

विहीबार बसेको बोर्ड बैठकले इलाम-२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ । उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि विहीबार भने उम्मेदवारी टुङ्याएको हो


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top