काठमाडौं । अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । पत्रिकाका अनुसार सूचीकाे पहिलाे स्थानमा बर्ना आर्नो रहेका छन् भने एलन मस्क दाेस्राे स्थानमा छन् ।
नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या २ हजार ७ सय ८१ जना पुगेको छ। फाेर्ब्सका अनुसार सर्वाधिक अर्बपति भएको देशका रूपमा पहिलो स्थानमा अमेरिका कायम रहँदा दोस्रो स्थानमा चीन छ ।
अमेरिकामा ८ सय १३ जना अर्बपति रहँदा चीनमा ४ सय ७३ जना अर्बपति छन् । तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २ सय जना पुगेको छ । नेपालका विनोद चौधरी फोर्ब्सका अर्बपतिहरुको सूचीको १ हजार ७ सय ६४ औँ स्थानमा छन् । गत मार्च ८ को शेयरमूल्य तथा विनिमयदरको आधारमा सम्पत्ति गणना गरेको हो।
पहिलो १० अर्बपतिहरू सूची:
१. बर्ना आर्नो
२. एलन मस्क
३. जेफ बेजोस
४. मार्क जुकरबर्ग
५. ल्यारी इलिसन
६. वारेन बफेट
७. बिल गेट्स
८. स्टिभ बाल्मर
९. मुकेश अम्बानी
१०. ल्यारी पेज






