अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधारका लागि सद्भाव र्याली


काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले यही २५ गते अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव ¥याली निकाल्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले यही २५ गते काठमाडौको भृकुटीमण्डपबाट बृहत सद्भाव र्याली निकाल्ने जानकारी दिएका हुन् ।

उनले भने,‘हामी राष्ट्रिय एकता, गतिसिल नेपाल र अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव ¥याली यहि चैत्र २५ गते भृकुटीमण्डपबाट निकाल्न लागेको जानकारी गराउँछु ।’

उनले अवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान-स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउनु कायक्तममो उद्देश्य रहेको बताए । देशले नागरिकहरुले दिएको सुविधामा भएको विभेदको अन्त्य र अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्तिका लागि कार्यक्रमले थप सहयोग पुर्याउने उनको विश्वास छ ।

उनले भने,‘ हाम्रो उद्देश्यअवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान-स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरुका दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्ति रहेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको चैत्र २७ गतेको जनप्रदर्शनमा संगठनले पनि सहभागिता जनाउने घोषणा समेत गरेको छ । उनले भने,‘अवस्था र व्यवस्था बदल्न जनप्रदर्शनमा व्यापक सहभागिता-मुल पार्टी राप्रपाले आवहान गरेको चैत्र २७ गतेको जनप्रदर्शनमा हाम्रो असरदार र सक्रिय सहभागिता रहन्छ । हामी शान्तीपुर्ण जनप्रदर्शनको पक्षमा छौ ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top