वेश्यावृत्तिमा लगाउने खाजाघर संचालक पक्राउ, एकको उद्दार


काठमाडौं । नावालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगर रहेका छन् ।

उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्दार गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top