यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोबार भएको थियो । त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।

शुक्रबार यूरो एकको खदिर दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसामा कारोबार भएको थियो । शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top