डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ


काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ठगी आरोपमा पक्राउ परेकाहरूलाई  काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो ।

प्क्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी रहेका छन् ।

यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन् । उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइए प्रहरीले जनाएको छ । उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ ।

उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन् ।  ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ ।’

प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top