कांग्रेस महासमितिमा उपसभापति खड्काको प्रतिवेदन : नेकपा सरकारप्रति आक्रामक (पूर्णपाठ)


ललिपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् । ललिपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उनले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए ।

उनले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने पनि बताए ।

यस्तै, उनले नेकपाको सरकारले ७४ मा ल्याएको सहकारी ऐनको कमजोरीले सहकारी, साना बचतकर्ता, उद्यामी तथा किसानहरुको लगानी जोखिममा परेको भन्दै गलत आर्थिक नीति र कार्यशैलीले पारेको नकारात्मक असरलाई नेपाली काङ्ग्रेस नेतृत्वको सरकार र निर्वाचनपछि नेपाली काङ्ग्रेससहितको गठबन्धन सरकारले सम्हाल्दै अगाडि बढेको बताए ।

नेकपाको सरकारले ७४ मा ल्याएको सहकारी ऐनको कमजोरीले ऋण तथा बचत सहकारी र लघुवित्तमा राम्रो नियमन नहुँदा सहकारी र साना बचतकर्ता र साना उद्यमी तथा किसानहरुको लगानी जोखिममा परेको र अर्कोतिर ठूलो व्यवसायी बैंकहरुको लगानीको ठूलो हिस्सा पनि अनुत्पादक क्षेत्रमा भएकाले लगानी अनुसार उत्पादन बढ्न नसकेको बताए ।

नेकपा सरकारले लिएको गलत आर्थिक नीति र कार्यशैलीले पारेको नकारात्मक असरलाई नेपाली काङ्ग्रेस नेतृत्वको सरकार र निर्वाचनपछि काङ्ग्रेससहितको गठबन्धन सरकारले सम्हाल्दै अगाडि बढेको बताए ।

२०७४ को निर्वाचनमा झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाको सरकार सार्वजनिक ऋण झन्डै तीन गुना बढाएको तर त्यस अनुरुपको रोजगारी सिर्जनाको दिगो वातावरण बनाउन नसकेको, स्वदेशी तथा विदेशी लगानी नबढेको र मुलुकमा भएको सिमित साधन स्रोत व्यापक रुपमा अनुउत्पादक पूर्वाधारमा लगानी गरेको बताए ।

पूर्णपाठ हेर्नुहोस् :

Niti_Prastab_Purna_B_Khadka_Congress


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top