एमालेको केन्द्रीय कमिटीको बैठक आगामी साता


काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको बैठक फागुन ८, ९र १० गते बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालयको बैठकले उक्त मिति तोकेको महासचिव शंकर पोखरेलले बताए । उनले भने, ‘केन्द्रीय कमिटीको बैठक फागुन ८, ९ र १० केन्द्रीय कार्यालय तुलसीलाल संस्कृति हलमा आयोजना गर्ने निर्णय भएको छ ।’

जनताका मुद्दाको विषय अगुवाइ गर्ने पार्टीका रुपमा अघि बढ्ने एमालेको निष्कर्ष रहेकाले अहिले सत्ता राजनीतिको विषय प्राथमिकतामा नरहेको उनले बताए । उनले भने,‘जनताका मुद्दाको विषय अगुवाई गर्ने पार्टीका रुपमा स्थापित गर्ने निष्कर्षमा छौं अहिले हाम्रो लागि सत्ता राजनीतिको विषय प्राथमिकतामा छैन ।’

बैठकले पार्टीलाई कसरी बलियो शक्तिको रुपमा स्थापित गर्ने भन्ने बारे छलफल गर्ने योजना पनि बनाएको जानकारी दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top