नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौं : कप्तान पौडेल


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्नका लागि आफू उत्साहित र तयार रहेको बताएका छन् । नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले महत्वपूर्ण खेल भएकाले त्यसैअनुसार तयारी गरेको बताउँदै राम्रो नतिजा निकाल्ने विश्वास रहेको बताए ।

उनले भने, ‘तयारीका लागि क्यानडासँग खेलिएका खेलहरुपूर्व नै हामीले प्रधानमन्त्री कप खेल्यौं । यसले हामीलाई तयारीमा अझै सहज बनायो । विश्वकप लिग–२ को कुरा गर्दाखेरि हामीले २०१९ मा पहिलोचोटि खेल्दा त्यो बेला तयारी पुगेन । त्यो बेला सुरुवात जरुरी थियो जस्तो मलाई लाग्छ ।’

त्यस्तै टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले क्यानडासँगको एक दिवसीय शृंखलामा सोचेजस्तै भएको भन्दै उनले यो शृंखलाबाट सबै जनालाई राम्रो तयारी उल्लेख गरे । कप्तान पौडेल र मुख्य प्रशिक्षक देशाईले ह्याप्पी ड्रेसिङ रुमको नियमअनुसार ‘वान बल ब्याटल’ खेल्ने बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top