सरस्वतीको पूजा गरेर शेयर सचेतना कार्यक्रम


काठमाडौं । पाही इन्भेष्टमेन्टले आज सरस्वतीको पूजाको अवसर पारेर लगानीकर्ता शेयर सचेतना कार्यक्रम आयोजना गरेको छ । पाही इन्भेष्टमेन्ट प्रा.लिले सरस्वतीको पूजा गरी विविध कार्यक्रम साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभिनयसमेत थालनी गरेको छ।

लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा कार्यक्रममा साथै लगानीकर्ताहरुसँग रहेका शेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा पाहीका तर्फबाट अध्यक्ष इन्द देव यादव, पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादव तथा कार्यकारी निर्देशक कमल धितालले लगानीकर्तालाई शेयर सचेतनाबारे जानकारी गराएका थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top