एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै


काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान प्र्रवेश गर्नेछ ।

उता आफ्नो पहिलो खेलमा सुरुवातबाटै राम्रो प्रर्दशन गरेको क्यानडा पनि आजको खेलबाट बराबरी गर्न चाहान्छ । नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले क्यानडाको ४ विकेट लिएर नेपाललाई खेलको लयमा फर्काएका थिए । जसकारण नेपालले रोमाञ्चक जित निकाल्यो ।

नेपालले आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नुअघि तयारीको लागि क्यानडासँग तीन खेलको सिरिज खेलेको हो । क्यानडाले पनि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज यूएईमा गएर खेल्नुअघि नेपालसँग सिरिज खेलेको हो । क्यानडा, यूएई र स्कटल्यान्डबीच लिग–२ को पहिलो सिरिज हुनेछ । नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

क्यानडाको टोली:

साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top