प्रधानमन्त्री, मन्त्री फेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन : माधवकुमार नेपाल


काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वा मन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले प्रधानमन्त्रीले संसदको नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्री बन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषय जहाँसुकै छलफल गर्न नमिल्ने बताएका हुन् ।

सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदा पुष्पकमल दाहालपछि नेपाल प्रधानमन्त्री हुनुपर्ने आवाज उनको पार्टीमा उठेको छ । तर, नेता नेपालले भने यस विषयमा जथाभावी कुरा गर्न नमिल्ने बताए ।

‘अहिले देशमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने छ । यस्तो बेला को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ?,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री वा मन्त्री कसैको पनि बारेमा हामीले बाटाघाटामा छलफल गर्ने होइन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ ठ्याक्क फेर्नुपर्छ ।’

न्यायका लागि जुनै ठाउँमा पनि बसेर जनताले आवाज उठाउन आन्दोलन गर्न पाउनुपर्ने उनले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top