चार्टड एकाउण्टेन्टहरु इमानदार भए सुशासन निश्चित : अर्थमन्त्री डा. प्रकाशशरण महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्टहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।

चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले चार्टड एकाउण्टेन्सले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने हो भने सुशासन सुनिश्चित भएको बताए ।

उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउँदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रतिज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top