राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो


काठमाडौं । निर्वाचन आयोगले आज(बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए ।

‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो ।’ उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए ।

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top