अयोध्याको राम मन्दिरमा सम्पन्न भयो प्राण प्रतिष्ठा


काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न गरिएको छ । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन् । सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए ।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए । सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो ।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए । मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ । नेपालका पनि सीमावर्ती क्षेत्रका कतिपय पालिकाले बिदा दिएका छन् भने माछामासु बिक्री वितरणमा रोक लगाइएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top