अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको बताए ।

उनले नेपाल न्यूज बैंकसँग भने, ‘अदालतबाट पञ्चा सिंहलाई पक्राउ गर्न अनुमति आएको छ । घटनाबारे थप बुझेर हामीले कानुनी प्रक्रियाअनुसार खोजीकार्य अघि बढाएका छौं ।’ २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top