घट्यो सुन–चाँदीको मूल्य


काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला सात सय रुपैयाँले नै घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो । यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top