रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच  खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।

यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद  हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बुर्लाकोटीका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ गर्दैछ।  खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ।

आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य, पार्टी सहप्रवक्ता रमेश प्रसाई लगायतका नेताहरू सहभागी हुनेछन्। पार्टी सदस्य, शुभचिन्तक एवं आम नागरिकहरूलाई आफ्ना विचार, सुझाव र जिज्ञासासहित उपस्थित हुन आग्रह गरेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top