रन्जितालाई नाउपा अध्यक्षबाट हटाउने रेशम चौधरीको प्रस्ताव पारित


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जितालाई अध्यक्षबाट हटाएका छन् । रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top