विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय !


काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यस निर्णयले उनलाई राजनीतिमा आउन नदिने भएको छ ।बुधबारको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए । सो प्रस्ताव पारित भएसँगै विद्या भण्डारीको एमालेमा राजनीति गर्ने बहस तत्काललाई रोकिएको छ ।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’ नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।

‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, बैठकको निर्णय सुनाउँदै गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top