केन्द्र सरकारबाट पनि बाहिरियो नागरिक उन्मुक्ति पार्टी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी संघीय सरकारबाट बाहिरिएको छ। शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीलाई छलफल नै नगरी पदबाट हटाइएको घटनालाई लिएर असन्तुष्टि जनाउँदै नाउपा केन्द्र र प्रदेश दुवै सरकारबाट बाहिरिएको हो।

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी राज्यमन्त्री छन् । उनले आइतबार बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी छ। नाउपाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिसकेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top