यस्तो छ आगामी आर्थिक वर्षको बजेट, पूर्णपाठ हेर्नुहोस्


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्।

चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ ।  चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

पूर्णपाठ हेर्नुहोस्:

बजेट २०८२_८३


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top