काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता


काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र शहरी सुन्दरता वृद्धिबारे कुराकानी गरिएको थियो ।

जापानले काठमाडौंको दरबार स्क्वायरको वातावरणीय सुधार, सडक, ढुंगेधारा पुनर्संरचना, बहुउद्देश्यीय मार्शल आर्ट, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top