अझै २०–२५ वर्ष बुढो हुन्नँ, म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका हुन् ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले एमालेविनाको देश पनि कल्पना गर्न नहुने बताएका छन् । ‘कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भने, ‘एमालेविनाको नेपाल हेरौंला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौं ।’

अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरूले कम्युुनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्र गरिरहेको भन्दै उनले दुुईतिहाइको अवस्थामा पुुगेको पार्टीलाई विभाजन गराए पनि आफूूहरुले आन्दोलनलाई पुुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको चर्चा गरे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top