तीनकुनेको घरमा आगो लगाउने, माओवादीको पार्टी कार्यालयमा तोडफोड गर्ने समातिए


काठमाडौं । राजावादी प्रदर्शनको क्रममा तीनकुनेको घरमा आगो लगाउने व्यक्ति समातिएका छन् । १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन आगलागीले पूर्ण क्षति भएको थियो ।

उक्त घरमा आगो लगाएको आरोपमा एक जनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घरभएका २० वर्षीय गोकर्ण शाही छन् ।

गौतमले तीनकुनेको घरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनी एटीएफ (अनवरत तत्पर फौज) को प्रवक्ता समेत रहेको पाइएको उनले बताए । उनी तीनकुनेमा भएको प्रदर्शनको बेला दुर्गा प्रसाईंको गाडिमा झुण्डिदै अघि बढेका थिए ।

पक्राउ परेका अर्का शाही भने एटीएफको सदस्य रहेको पाइएको छ । उनी माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top