संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाको सडक प्रदर्शन


काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले मंगलबार काठमाडौंमा सडक प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले संघीयता धेरै खर्चिलो भएको उल्लेख गर्दै संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो ।

पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो ।

प्रदूषणका कारण आन्दोलनका कार्यक्रम दुई दिन घटाएको पार्टीले बताएको छ । राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, मजदुरका माग पूरा गर’ जस्ता ब्यानर र प्लेकार्ड बोकेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top