राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको उनले बताए ।

‘राजावादी मानिसहरूले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरूले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ,’ उनले भने ।

उनले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको गृहमन्त्री लेखकले बताए । देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरूले देखाएको उनको भनाइ थियो ।

‘तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र,’ गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top