भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दा फाइनलमा स्थान सुरक्षित !


काठमाडौं । भारतले आज दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । अष्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनायो ।

टिमका लागि स्टिभ स्मिथले ७३ रन र एलेक्स केरीले ६१ रनको योगदान दिए। भारतका बलरहरूमध्ये मोहम्मद शमीले ३ विकेट र वरुण चक्रवर्तीले २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई ठूलो स्कोर बनाउनबाट रोके ।

२६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय कप्तान रोहित शर्माले पारीको सुरुवात औसत गरे। त्यसपछि विराट कोहली र श्रेस एयरले उत्कृष्ट पारी सम्हाले । टिमलाई आवश्यकता परे अनुसार कोहलीले ८४ रनको सान्दार महत्वपूर्ण पारी खेले ।  श्रेसले ४५ रन जोड्दा हार्दिकले २८ जोडे । अन्त्यतिर केएल राहुलले अविजित ४२ रन बनाएर टोलीलाई ४८.१ औं ओभरमा लक्ष्यमा पुर्‍याए ।

यस जितसँगै भारतले च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान सुरक्षित गरेको छ । मार्च ९ तारिखमा च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल हुनेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top