लिम्बूहरू एक्लै छैनन्, मधेशको साथ छ : राजेन्द्र महतो


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोले लिम्बूसँग मधेशी समुदाय साथमै रहेको बताएका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित मुकुम्लुङ संरक्षण संघर्ष समितिले आयोजिना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्थास्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’ महतोले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेश उभिएको छ । एक्लै लडदा गरिएको दमनझैँ सधै दमन गर्छु नसोचे हुन्छ ।’

उनले अब आफूहरू लिम्बू समुदायको समर्थनमा उभिने बताउँदै भनेका छन्, ‘इँटको जवाफ पत्थरले दिइनेछ ।’ लिम्बुवानहरूको छुट्टै स्वायत्तता हुनुपर्ने उनको भनाइ थियो ।

‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ,’ महतोले भने । ‘लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन,’ उनले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top