रुपन्देहीमा रवि लामिछानेको मुद्दा न्यायाधीश योगीको इजलासमा


काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।

रुपन्देही जिल्ला अदालतमा आज उक्त मुद्दाको मिसिल अध्ययन र बयान प्रकिया सुरु भएको छ। पोखरा र काठमाडौंको न्यायिक प्रक्रिया पछि लामिछाने रुपन्देहीमा तानिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई ६० लाख बुझाएर रिहा भएका थिए।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए । उनी अदालतकफ कार्यालय खुलेपछि अदालत उपस्थित भइसकेका छन् ।

बयानपछि रविविरुद्धको मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायाधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिस्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन् । कास्की, काठमाडौं हुँदै रुपन्देही पुगेका लामिछानेलाई आझै चितवन र पर्साले कुरिरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top