रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ ।  जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई भोली अदालतमा उपस्थित हुने शर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यवसायी डा नारायणदत्त कँडेलको जिम्मा लगाउने आदेश दिएको हो ।

लामिछानेलाई बिहिबार बिहान १० बजे अदालतमा उपस्थित हुनेगरि परिवारको जिम्मा लगाइएको छ ।  बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएपछि बुधबार अदालतमा उपस्थित हुन पुगेका लामिछानेको बयान भएको थियो । बुधबार लामिछानेको बयान सकिएपनि सरकारी वकिलको बहस हुन सकेन । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

सुप्रिम सहकारीको १ अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोपमा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध आइतबार सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top