एनपिएलका लागि टिकट बिक्री भइसक्यो, पासका लागि फोन नगर्नुस् : पारस खड्का


काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकिएको बताएका छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पहिलो खेलको टिकट र भिआइपी पासहरू सबै सकिएको उल्लेख गरेका हुन्।

उनले टिकट नपाएको भएमा टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न अनुरोध गरेका छन्। ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ उनले भने, ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं।’

शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ। एनपिएलमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top