रंगशालामा खेल हेर्न जाँदा लैजान पाइँदैन यी सामान


काठमाडौं ।  नेपाल-बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल आज साँझ साढे ६ बजेदेखि हुँदैछ।  यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको हो।

बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन। यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ।

ठूलो झोला पनि लैजान पाइनेछैन। सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।

मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएको पाइएको थियो। खेल विवादित बनेपछि दर्शक समेत आक्रोशित बनेका थिए। आक्रोशित दर्शकले खेल मैदानमा बोतलहरू समेत प्रहार गरेका थिए। दर्शक आक्रोशित बनेसँगै सुरक्षा घेरा बढाइएको थियो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top