केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने : रवि लामिछाने


काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो सरकारले झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर गरिरहेको भन्दै  कडा आलोचना गरेका हुन् ।

उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ । यो सरकार नढले सम्म जनता जाग्नुपर्छ, अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ, म सबैलाई अपिल गर्न चाहन्छु- सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । उनले ओली रहुन्जेल देशमा विकास नहुने दाबी गरे । उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top