विरोधका लागि मात्र विरोध भइरहेको छ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जासपद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउँने कुरालाई रोक्न सकिँदैन् । पहिरो पनि पूर्व सूचना दिएर जाँदैन् । पहिरो गएपछि त क्षति पु¥याउने नै भयो । यस्तो संवेदनशील बेलामा सबै मिलेर यथार्थपरक ढंगले लाग्नुपर्छ । ’

उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे । अब सरकारले अझ प्रभावकारी ढंगले राहत,उद्दारको र पुननिर्माणको काम गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर आज स्वदेश फर्केका हुन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top