प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी


कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले ओलीले बिहीबार राति महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top