रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक कारण र उपयुक्त भेन्युको कारणले गत केन्द्रीय समितिको बैठकबाट बन्द कार्यशालाले प्रस्तावित गरेको मितिभन्दा अझ २ दिन अगाडि राष्ट्रिय भेला गर्न लागेको जानकारी गराए ।

उनले भने, ‘रास्वपाको राष्ट्रिय भेला र महाधिवेशनसँग सम्बन्धी हामीले धेरै कुराहरु भन्दै नै आएका छौ । गत केन्द्रीय समितिको बैठकबाट बन्द कार्यशालाले प्रस्तावित गरेको मितिभन्दा अझ २ दिन अगाडि नै हामी राष्ट्रिय भेला गर्न गइ रहेका छौ । बन्द कार्यशालाबाट असोजको २ र ४ प्रस्तावित थियो तर प्राविधिक कारणले राष्ट्रिय भेलाको लागि उपयुक्त भेन्युको कारणले गर्दा असोजको १ र २ गते राष्ट्रिय भेला गर्ने भएका छौं ।’

यसको साथै, उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा आयोजना हुने भेलामा करिब १५ सय जति प्रतिनिधिहरु आउने तयारी रहेको भन्दै केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म सबैलाई भेलामा अटाउने कोशिस गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय भेलाको तयारी सुरु गरेको १५ दिन जति भयो, काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिएको छ । त्यसमा करिब १५ सय जति प्रतिनिधिहरु आउने तयारी छ । त्यो भन्दा बढि धान्न सक्ने अवस्था छैन् । हामीले केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म सबैलाई भेलामा अटाउने कोशिस गरेका छौ ।’

उनले महाधिवेशन आगामी २०८२ साल वैशाखमा गर्ने तय भएपनि मिति भने तोकि नसकिएको पनि बताए । राष्ट्रिय भेलाको तयारीको लागि प्रदेश र विभिन्न संयन्त्रका साथिहरुलाई समेटेर १५ वटा उपसमिति गठन गरेको पनि उनको भनाई छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top