आज संविधान दिवस मनाइँदै !


काठमाडौं । आज संविधान दिवस मनाइँदैछ । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

त्यसयता असोज ३ लाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ । यस दिवसमा सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह राख्दै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत  उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् ।

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top