रिहा पछि पत्रकार किशोर श्रेष्ठले भने- म हार्दिनँ, देखेको लेख्न छोड्दिनँ


काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएको थियो । रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको बताए । उनले यस्ता हर्कतको सुरूवात  मात्र भएको र अब अरूलाई पनि यस्तै हुने शंका गरे ।

उनले आफूले देखेको समाचार लेख्दा विगतमा पनि यस्ता सत्ताका ज्यादती बेहोरेको उल्लेख गर्दै उनले आफू नहारेको बताए ।

‘कानुन  व्यवसायीलाई समेत  भेट्न दिएनन् । तर मैले हारेको छैन । म हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ पत्रकार श्रेष्ठले भने । उनले गौरीबहादुर कार्कीको प्रतिवेदन बाहिर ल्याएदेखि नै केहीलाई चित्त नबुझेको बताए । उनले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्रहरूलाई नचलाउन चेतावनी दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top