स्वाद र सन्तुष्टिले युवापुस्ताको रोजाइमा पर्दै इनर्जी ड्रिंक !


काठमाडौं । पछिल्लो समय नेपालमा इनर्जी ड्रिंकको सेवन तीव्र रूपमा वृद्भि भइरहेको छ। विशेषगरी युवा पुस्ता, खेलाडी, जिम तथा फिटनेसमा रुचि राख्ने व्यक्ति र व्यस्त जीवनशैली अपनाइरहेका उपभोक्तामाझ इनर्जी ड्रिंकको प्रयोग बढ्दो क्रममा छ। यसैबीच नेपाली बजारमा लोकप्रिय बन्दै गएको ब्रान्ड हो– एक्स्टिम इनर्जी ड्रिंक ।

एग्रो थाई फुड्स प्रा.लि.द्वारा नेपालमै उत्पादन भइरहेको एक्स्टिम नेपाली उपभोक्ताको प्रमुख रोजाइमा परेको छ। एक्स्टिमले आफूलाई ऊर्जा, उत्साह, एकाग्रता र सक्रिय जीवनशैलीसँग जोडेर बजारमा स्थापित गर्ने प्रयास गरिरहेको छ भने युवाहरुमा यसको माग बढेको छ । बढ्दो मागसँगै गुणस्तर, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डलाई प्राथमिकतामा राखेर इनर्जी ड्रिंक उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।

कच्चा पदार्थको छनोटदेखि उत्पादन प्रक्रियासम्म विशेष ध्यान दिइएको छ। क्याफिनको विषयमा देखिने भ्रमलाई खण्डन गर्दै कम्पनीले ऊर्जा पेयमा कफीभन्दा धेरै क्याफिन हुने धारणा गलत भएको जनाएको छ।

थाइल्यान्डको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले ऊर्जा पेयमा प्रति बोतल वा क्यान अधिकतम ५० मिलिग्रामसम्म क्याफिन राख्न अनुमति दिएको छ। तुलना गर्दा १५० मिलिलिटरको एक कप कफीमा करिब ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ। त्यसैले धेरै ऊर्जा पेयमा कफीभन्दा कम क्याफिन हुन्छ। यस्तै, टाउरिन शरीरका लागि हानिकारक हुन्छ भन्ने धारणा पनि गलत छ। किनभने टाउरिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एक प्रकारको एमिनो एसिड हो, जसले स्नायु प्रणाली र मस्तिष्कको कार्यक्षमता कायम राख्न सहयोग पुर्‍याउँछ।

अत्यधिक थकान वा तनावको अवस्थामा शरीरमा आवश्यक टाउरिनको पूर्तिका लागि ऊर्जा पेयमा यसको निश्चित मात्रा समावेश गरिएको हुन्छ । यसमा हुने भिटामिन बी–३, बी–६ र बी–१२ पानीमा घुल्ने भिटामिन हुन्, जसले शरीरमा ऊर्जा उत्पादन प्रक्रिया सक्रिय बनाउन तथा स्नायु प्रणालीलाई सहयोग गर्न भूमिका खेल्छन्। आवश्यकता भन्दा बढी भएमा यी भिटामिन प्राकृतिक रूपमा शरीरबाट बाहिरिन्छन्।

चिनी नै सबै समस्याको कारण हो भन्ने धारणा पनि गलत रहेको छ। ग्लुकोज मस्तिष्कका लागि महत्वपूर्ण ऊर्जा स्रोत भएकाले शारीरिक श्रमपछिको थकान, कमजोरी वा लामो समय सक्रिय रहनुपर्ने अवस्थामा यसले तत्काल ऊर्जा उपलब्ध गराउन मद्दत गर्दछ । यद्यपि आधुनिक ऊर्जा पेयमा स्वाद र आवश्यकता अनुसार चिनीको मात्रा फरक–फरक हुने तथा बजारमा चिनीरहित विकल्पसमेत उपलब्ध रहेको छ।

इनर्जी ड्रिंकको सुरुवात सन् १९६२ मा जापानबाट भएको देखिन्छ। दोस्रो विश्वयुद्धपछि तीव्र औद्योगिकीकरणको समयमा लामो समय काम गर्ने कामदार, चालक तथा श्रमिकहरूलाई ऊर्जा र ताजगी दिने उद्देश्यले यस्तो पेयको आवश्यकता महसुस गरिएको थियो।

त्यसै क्रममा जापानी औषधि कम्पनी Taisho Pharmaceutical ले ‘Lipovitan D’ नामक पेय बजारमा ल्याएको थियो, जसमा टाउरिन, क्याफिन र बी–भिटामिनको मिश्रण थियो। यसलाई विश्वको पहिलो आधुनिक इनर्जी ड्रिंकका रूपमा लिइन्छ। त्यही अवधारणा विकास हुँदै आज ऊर्जा पेय विश्वव्यापी उद्योगको रूपमा स्थापित भएको छ । बिरामी व्यक्ति, बालबालिका तथा गर्भवती महिलाले ऊर्जा पेय सेवन नगर्न सुझाव दिईएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top