मध्यरातमा देश छोडर सिंगापुर लागे देउवा दम्पती !


काठमाडौँ | कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जाने भएका छन् । देउवानिकट स्रोतका अनुसार उनीहरूका उपचारका लागि आज राति ११:२० मा सिंगापुर एयरलाइन्सको जहाजमार्फत जान लागेका हुन् ।

देउवा दम्पतीले आफूहरूको यात्राबारे पार्टीलाई औपचारिक रूपमा जानकारी गराएका छैनन्। अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट केही नेताहरूलाई उपचारका लागि जान लागेको बताएका थिए ।

विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार देउवा दम्पतीको यात्राबारे अनौपचारिक रूपमा जानकारी आए पनि उनीहरूले भीआईपी सुविधा प्रयोग गर्ने छैनन् । जेन-जी प्रदर्शनका क्रममा भएको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top