काठमाडौ । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन् । आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् ।
एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
कांग्रेस पार्टी कार्यालयमा आगजनी:
नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको छ ।







